images

बिहिवार, बैशाख २० गते २०८१

नेपालमै कोरोनाको औषधी बनेको डा. गौतमको दावी 

नेपालमै कोरोनाको औषधी बनेको डा. गौतमको दावी 

अर्कबटी औषधी खाएका १५४ मध्ये १३८ को पिसिआर परिक्षणमा १३७ लाई कोरोना नेगेटिभ

images
images
images
बुधवार, भाद्र १७ २०७७
बुधवार, भाद्र १७ २०७७
  • नेपालमै कोरोनाको औषधी बनेको डा. गौतमको दावी 

    भैरहवा । कोरोना भाईरसका कारण बिश्व नै आक्रान्त बनेका भैरहवाका एक जना आयुर्वेदका अनुसन्धानकर्ताले कोरोना भाईरस मार्ने औषधी तयार पारेको दावि गरेका छन् । लामो समयदेखि आयुर्वेदका क्षेत्रमा काम गर्दै आएका आचार्य वद्री गौतमले कोरोना भाईरस पोजेटिभ देखिएका बिरामीलाई निको पार्ने औषधि तयार पारेको दावि गरेका हुन् । 

    images
    images
    images

    बिश्वका शक्तिशालि राष्ट्रहरुले समेत कोरोनाको औषधी पत्ता लगाउन नसकिरहेका बेला आर्चाय गौतमले जडिबुटि समिश्रण गरी बनाईएको औषधीको सेवनले कोरोना पोजेटिभ बिरामी निको भएको उल्लेख गरे । २०४८ साल देखि आयुर्वेद अनुसन्धानमा लागेका डा. बद्री गौतमले कोरोना पोजेटिभ देखिएका लक्षण सहितका बिरामीलाई १० दिन र लक्षण बिनाका बिरामीले ७ दिन सम्म सेवन गरेपछि कोरोना ठिक हुने दावि गरे । उनले आफुले तयार गरेको औषधि सेवन गरेका १३८ जना मध्य १३७ जना निको भएको दावि गरे । १३८ जना मध्य १३७ जनाको स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार पिसिआर टेस्ट गराउदा नेगेटिभ रिर्पोट आएको र एक जनाको मात्र पुन पोजेटिभ आएको बताए । 

    गौतमका अनुसार गंभिर लक्षण देखिएका बिरामी पनि यो औषधीको सेवनले निको भएको छ । उनका अनुसार स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने बिरामीले विहान र साझँ गरि दिनमा दुई वटा गोली खानुपर्ने हुन्छ ।  ज्वरो, पखाला र वान्ता हुने लक्षणका बिरामीले २ दिनमा ३ गोली र अली गम्भिर प्रकृतिका विरामीले १० दिनसम्म हरेक दिन साझँ विहान गरि २ वटा गरि २० गोली खानु पर्छ । सामान्यता लक्षण नदेखिएकाले भने दिनमा १ गोलीका दरले सेवन गर्न सकिने मापदण्ड तयार गरेको डा. गौतमले बताए । डा.गौतमले विस २०४८ साल देखि हालसम्म ३६ करोड रुपैया जडिवुटीको अनुसन्धान र उत्पादनमा खर्च गरेको बताए । हालसम्म ३ सय वटा प्रोजेक्टमा अनुसन्धान गरिसको डा. गौतमको भनाई छ ।  

    डा. गौतमले तयार गरेको औषधी सोमबारसम्म १५४ जना कोरोना पोजेटिभले खाएकोमा १३८ जनाको रिर्पोट आएको उल्लेख गरे । उनले औषधीको नाम अर्कबटी राखेका छन् । उनले अर्कको अर्थ सुर्य र बटीको अर्थ गोली भएकोले औषधीको नाम अर्कबटी राखेको बताए । सुर्यले अन्धकारलाई समाप्त पारे झै अर्कले कोरोना भाईरसलाई समाप्त गर्ने दावि डा. गौतमको छ । गौतमका अनुसार बजारमा पाईने स्वर्णयुक्त सिद्ध मकरध्वज औषधी र नेपालमै उपलब्ध हुने ५ वटा जडिबुटिबाट तयार गरिएको छ । अर्क, सप्तकर्ण, तटेलो, बबुर र अशुरोको समिश्रणबाट औषधी तयार पारेको उल्लेख गरे । 

    Dr. Badri Gautam.JPG

    डा. बद्रि गौतम

    नेपालमा कोरोना भाईरसको केस पोजेटिभ देखिएको थाह पाउने बित्तिकै आयुर्वेदिक औषधी बनाउन तर्फ लागेको बताए । गत फागुनमै मैले यो औषधी तयार पारेको थिएँ, सरकारी निकायलाई पनि आयूर्वेद औषधीका रुपमा प्रयोग गर्न सुझाए’ आयूर्वेद आचार्य गौतमले भने–‘सरकारले यो औषधीबारे कुनै चासो दिएन । शुरुमा कसैले पनि नपत्याएपछि भारतका केहि स्थानमा कोरोना संक्रमितलाई वितरण गरे, त्यहाँबाट निको भएको जानकारी आएपछि विस्तारै नेपालका सरकारी अस्पतालमा परीक्षणका लागि संक्रमितलाई दिन आग्रह गरेको हु । उनले २५ सय वर्ष पहिले ऋषि आत्रैयराज अत्रीले जुम्लाको गोतम वाडाबाट शुरु गरेको सुत्र अनुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडिबुटीलाई कोरोना विरुद्धको औषधी बन्ने सक्ने भन्दै त्यहि विधि अनुसार औषधी तयार पारिएको बताए । 

    उनले कोरोना भाईरस विरुद्धको औषधी बनाउनका लागि झण्डै १६ लाख रुपैया खर्च गरेको बताए । उनले उत्पादन गरेको औषधी रुपन्देहीका कोरोना बिशेष अस्पतालमा पठाएपनि सरकारी निकायबाट सकारात्मक प्रतिक्रिया नआएको बताए । 
    मैले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना अस्थायि बिशेष अस्पताल र भैरहवाको भिम अस्पतालमा रहेका कोेभिड पोजेटिभका लागि भनेर निशुल्क रुपमा औषधी पठाए पनि स्वास्थ्य प्रोटोकल नमिलेको भन्दै आफुलाई सरकारी तवरबाट असहयोग गरे उनले भने तर होम आईसोलेन तथा व्यत्तिगत रुपमा चिनजान भएकाहरुले औषधी सेवन गर्नु भयो र  उहाहरु निको पनि हुनु भयो । 

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भिम अस्पताल भैरहवामा पठाइएको औषधीलाई मान्यता प्राप्त नभएको भन्दै अस्पतालले औषधी बिरामीलाई दिएनन् उनले भने तर, अहिले भने रुपन्देही कपिलवस्तु र काठमाण्डौमा समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि एकाएक अर्कबटीको माग बढेको छ । अहिले काठमाण्डौमा ४ हजार र वाहिर ३५ सयमा  एक जनाकोरोना पोजेटिभ विरामीका लागि चाहिन डोजको मुल्य तय गरिएको डा. गौतमले बताए । अहिले लकडाउनका कारण मुल्य बढी हालेर भए पनि कच्चा पदार्थ खरिद गर्नु परेकाले कोरोना भाईरस विरुद्धको औषधीको मुल्य अली बढी पर्ने गरेको उनको भनाई छ । यो औषधीको प्रयोग गरेमा कोरोनाबाट हुने मृत्यूदरलाई रोक्न सकिने र माहामारी भएपनि आत्तिन नपर्नेे दावी डा. गौतमको छ । 

    लामो समयदेखि आयुर्वेदिक जडिबुटीकै अध्ययन र उत्पादनमा लाग्नु भएका गौतमले कोरोना भाईरस विरुद्धको औषधी अर्कबटीकोे बारेमा आयूर्वेद विभाग र सरकारी निकायलाई जानकारी गराए पनि खासै चासो नदिएको गुनासो समेत गरे । गत बैशाखमा नै औषधी व्यवस्था विभागमा श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधीका रुपमा दर्ता गर्ने गरी निवेदन दर्ता गरिप्रकृया अघि बढाइएको उनको भनाई छ । उनले औषधी विभागमा आयूर्वेद औषधीको रुपमा दर्ता भएपछि बैधानिक रुपमा बजारमा ल्याउने बताए । 

    विभागमा आयूर्वेद औषधीको रुपमा दर्ता भएपछि बैधानिकतासंगै विश्व स्वास्थ्य संगठनबाट (डब्लुएचओ) ले पनि स्वीकृत प्रदान गरेसंगै औषधीको नामाकरण कोरोना बुटीको नाममा बजारमा ल्याउने बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij