२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

शुभ अवसर ग्राम नेपालद्धारा खाद्यान्न राहत सामग्री वितरण

शुक्रवार , श्रावण १, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा । 

    भैरहवा शुभअवसर ग्राम नेपाल परियोजना कार्यालय भैरहवाले होटेल, क्यासिनो तथा मनोरञ्जन क्षेत्रमा कार्यरत, हिंसाबाट पीडित तथा विपन्न घरपरिवारहरुलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ ।

    215984504_334989491668393_5112152407823820215_n.jpg

    होटेल, क्यासिनो तथा मनोरञ्जन क्षेत्रमा कार्यरत १५ जना, हिंसा पीडित ३० जना महिला तथा सिद्यार्थनगर नगरपालिका, रोहिणी गाउँपालिका र मर्चवारी गाउँपालिकाका ३०, ३० जना गरि ९० गरि सहित कुल १३५ जनालाई ४ लाख २८ हजार २ सय २० रुपैया बराबरको खाद्यान्न सामग्री वितरण गरिने योजना अन्तरगत राहत वितरण गरिएको हो । आज सम्म ६० जना भन्दा बढिलाई राहत विरतण गरिएको र बाँकी जनालाई भोली वितरण गरिने योजना रहेको छ ।

    यस अघि संस्थाले रुपन्देही सहित अन्य जिल्लाहरुमा, स्वास्थ्य संस्था, सुरक्षा निकाय, कार्यक्षेत्र रहेका गाउँपालिका तथा नगरपालिकाहरुलाई ४ लाख ६६ हजार ४ सय ७० रुपैयाँ बराबरको स्वास्थ्य तथा स्वच्छता सामग्री वितरण गरिसकेको संस्थाका परियोजना अधिकृत सत्यनारायण यादवले जानकारी दिए । संस्थाको कोभिड १९ प्रतिकार्य योजना अन्तरगत स्वास्थ्य तथा स्वच्छता सामग्री र खाद्यान्न राहत विरतण गरिएको हो ।