
शुक्रवार , श्रावण १, २०७८
नवलपरासी ,१ साउन ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउँपालिका वडा नम्बर (४ ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । रजा कबरिस्थानका अध्यक्ष मोहम्मद सलिम राईनको अध्यक्षता र सरावल गाउँपालिका वडा नम्बर (४ का वडा अध्यक्ष छोटेलाल यादवको प्रमुख अतिथता तथा समाजसेवी सुरेश यादवको विशिष्ट अतिथतामा आज एक कार्यक्रमका विच फलफूलको विरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो ।
ललितपुर स्थित रजा कबरिस्थानमा फलफूलको बिरुवा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले फलफूलको विरुवा बाट स्थानीय बासिहरुलाई फाईदा हुने बताउदै यसले सुद्धफलफुल खान समेत मिल्ने बताए । उनले वृक्षारोपण गरिएको फलफूलको विरुवालाई हामी सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभएको थियो । सो अवसरमा बोल्दै विशिष्ट अतिथि सुरेश यादवले मानवजिवनलाई अतिनै आवश्यक पर्ने अक्सिजनको खानिको रुपमा रहेको बोट विरुवाहरुलाई नै चिनिन्छ ।
आफु बाँच्न र अरुलाई बचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा वृक्षरोपण गर्न आवश्यक रहेको बताउदै मानिसलाई खानाको रुपमा चाहिने फलफूल पनि रहेको हुँदा फलफूलको विरुवा वृक्षारोपण गरिएको बताए । उनले नेपालमा विदेशी निकायबाट आएको विभिन्न अनुदानहरु हाम्रो नेपाली जनताले जोगाएको बोटबिरुवाबाट प्राप्त अक्सिजनको साटोमा विदेशी निकायले अनुदान दिएको बताएका हुन् । साथै उनले सरावल गाउँपालिका एविसि नेपाल लगाएतको संवाद केन्द्रका सम्पूर्ण किशोर किशोरीहरुलाई धन्यवाद समेत दिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष राईनले सरावल गाउँपालिका , एविसि नेपाल र संवाद केन्दहरुको सहयोग समन्वयमा गरिएको वृक्षारोपण कार्यक्रम बाट आम जनसमुदायमा धेरै नै सहयोग मिलेको बताए । वृक्षारोपण गरिएको फलफूलको विरुवालाई आफु र स्थानीय बासिहरुमिलि संरक्षण गर्ने बताए ।
साथै सरावल गाउँपालिका प्रति खुसि ब्यक्त गरेका थिए । वृक्षारोपण कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई , भोलेन्टियर जानकि गौड , समाजसेवि रियाजुदिन राइन , श्याम मोहम्मद राईन , मुसरुफ धुनिया , शिवकुमार यादव , मकबुल राईन , पत्रकार महेश यादव लगाएको संवाद केन्दका किशोर किशोरी र स्थानीय बासिहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij