२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु 

बुधवार , भाद्र १७, २०७७

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • रुपन्देही, १७ भदौ ।
    कपिलवस्तु नगरपालिका वडा नम्बर ११ की ६० वर्षिय एक कोरोना संक्रमित महिलाको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।

    भदौ ७ गते कोरोना भाईरस (कोभिड–१९) संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल ल्याइएकी महिलालाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको आईसियु सघन कक्षमा उपचारारत उक्त महिलाको बुधवारसवा ९ वजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

    अस्पतालका अनुसार मृृतक महिलामा ज्वरो, श्वासप्रश्वास र दीर्घ रोग ब्लड प्रेसर भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।