२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

वर्षाका बाबजुद छाता ओढेर लुम्बिनीमा वृक्षारोपण (फोटोफिचर)

शनिवार , श्रावण २, २०७८

भैरहवा, २ साउन । 
देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । शनिबार बिहानैदेखि वर्षा भइरहे पनि लुम्बिनीमा छाता ओढेर तथा पानीमै भिजेर वृक्षारोपण गरिएको छ । वर्षाका बाबजुद वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाली र थाई मिलेर वृक्षारोपण गरेका छन् । लुम्बिनीस्थित कम्बोडिया मन्दिरको अगाड़ी नेपाली र थाइल्याण्डका शुभचिन्तकहरुले शनिबार अमला, लिची, अम्बा, बेल, फूल, अभोकाडो लगायत गरी १ सय ७५ वटा विभिन्न प्रजातिका विरुवा रोपेका छन् । 

थाई राजकीय विहार लुम्बिनी, लुम्बिनी सुर्वणभूमि फाउण्डेशनको आयोजना तथा लुम्बिनी विकास र थाई र नेपालीहरु को सहयोगमा वृक्षारोपण गरिएको कार्यक्रम संयोजक चेतन पन्तले बताए । ‘कोभिड-१९ को कारण थाई मित्रहरु नेपाल आउन नसके पनि लुम्बिनी क्षेत्रको वातावरण संरक्षणमा चासो राख्दै वृक्षारोपण अभियानमा सहयोग गर्नुभएको छ, ’पन्तले भने ।

रोपिएका विरुवालाई थाई विहार र सुर्वणभूमि फाउण्डेशनले हेरचाह गरी हरित क्षेत्रलाई सुन्दर बनाउँदै लैजाने थाई विहारका प्रमुख भिक्षु सुपथ कितिवननोले बताए । वृक्षारोपण गरिएको उक्त स्थान लुम्बिनी विकास कोषको हरित क्षेत्र अन्तर्गत कम्बोडिया विहार अगाड़ी र म्यानमार विहारको पछाडी पर्छ ।

IMG_0145.JPG

 

त्यस्तै शनिबार नै लुम्बिनी विकास कोषको कार्यालय परिसरमा ३ वटा अभोकाडोको विरुवा रोपिएको छ । वृक्षारोपण अघि थाई भिक्षुहरुले बुद्ध वन्दना गरेका थिए ।

कार्यक्रममा थाई विहार प्रमुख सुपथले हरित क्षेत्र प्रदान गरेकोमा लुम्बिनी विकास कोषलाई वृक्षारोपणमा सघाएका थाइल्याण्डका उपासिका खामोवान चिंडुमपोरनसहित सम्पूर्ण व्यक्तित्व र कार्यक्रम संयोजक चेतन पन्त धन्यवाद दिए । लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गर्नु सराहनीय भएको बताए । उनले लुम्बिनी विकास कोष, थाई राजकीय विहार र कार्यक्रम संयोजक चेतन पन्तलाई धन्यवाद दिए । शर्माले आगामी दिनमा पनि वृक्षारोपणलाइ निरन्तरता दिन आग्रह गरे ।

वृक्षारोपण कार्यक्रममा लुम्बिनी विकास कोषका कर्मचारी, स्वदेशी र विदेशी भिक्षु र लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुको सहभगिता रहेको थियो । सो अवसरमा कार्यक्रम संयोजक पन्तले रोपिएका विरुवाहरुको संरक्षण गर्न थाई र नेपाली नागरिकबाट प्राप्त २१ हजार रुपैयाँ थाई विहारका प्रमुख भिक्षु सुपथ कितिवननोलाई हस्तान्तरण गरेका थिए ।

IMG_0133.JPGIMG_0108.JPGIMG_0096.JPG

IMG_0152.JPGIMG_0141.JPGIMG_0094.JPGIMG_0073.JPGIMG_0081.JPGIMG_0102.JPG