२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोज बहिनी सिर्जनशिल महिला समाजको रुपन्देही समिति गठन 

बुधवार , भाद्र १७, २०७७

बुटवल, १७ भदौ ।
रोज बहिनी सिर्जनशिल महिला समाजको रुपन्देही जिल्ला समिति गठन भएको छ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंखर पोखरेलद्वारा महिला किशोरी तथा बालबालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत उत्कृष्ट संस्था सेवा सम्मान पुरस्कारबाट सम्मानित रोज बहिनी सिर्जनशिल महिला समाजले रुपन्देहीमा पनि समिति विस्तार गरेको हो ।

समाजका जिल्ला समिति संरक्षक तारानाथ भट्टराई, जिल्ला समिति प्रमुख राधा अधिकारी भट्टराई, जिल्ला समिति संयोजक हेमा न्यौपाने, जिल्ला समिती स्वास्थ्य सल्लाहकार डा. शकुन्तला गुप्ता, जिल्ला समिति प्रेस सल्लाहकार पुजा पन्थीलाई मनोनयन गरिएको संस्थाका केन्द्रिय अध्यक्ष विजयश्री रेग्मी भण्डारीले जानकारी दिइन् ।

त्यस्तै सिद्धार्थनगर संयोजक उमा पन्थी,  सदस्यहरु पुनम रजामगर, तारा उपाध्याय, डा. वर्षा थापा, माधुरी ज्ञवाली र सुमित्रा न्यौपाने लगायत रहेका छन् ।

समाजले किशोरी शिक्षा, किशोरी स्वास्थ्य, किशोरी सुरक्षा, विद्यार्थी बीमा, सामुदायिक सचेतना, महिला सशक्तीकरण, जातिय विभेद, महिला हिंसा, छुवाछूत, वर्ण विभेद, सामुदायिक विकास लगायतको क्षेत्रमा काम गर्नेछ ।

राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको सेवा पुरस्कार र सम्मानबाट विभुषित यस संस्थाको अगुवाइमा हाल नेपाल सरकारले सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी बहिनीहरुलाई निःशुल्क सेनेटरी प्याड लगायतको स्वास्थ सामाग्रीहरु वितरणमा गर्न यसै आर्थिक बर्षमा एक अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको केन्द्रीय अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

‘गुणस्तरीय सेनेटरी प्याड किशोरी बहिनीको अधिकार’ भन्ने उद्देश्यलेसंस्थाले रोज बहिनी विद्यालय स्वास्थ परियोजना सञ्चालन गर्दै हालसम्म संस्थाले देशैभरीका ३ हजार विद्यालयका ७ लाख किशोरीहरुलाई  परियोजना मार्फत निःशुल्क सेवा उपलब्ध गराएको समाजले जनाएको छ ।

समाजले यस शैक्षिक सत्रलाई (कोरोनाकोे सत्र विद्यार्थी बीमा वर्ष) भन्ने नाराको साथ अगाडि बढने योजना राखेको छ ।