२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

सोमवार , श्रावण ४, २०७८

भैरहवा, ४ साउन । 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको प्रतापुर गाउँपालिका–१ जमुनियाका ३५ वर्षिय दिपक थारु, प्रतापुर–२ का २० वर्षिय खिरी नारायण थारु र सरावल गाउँपालिका–२ का ३० वर्षिय खेम नारायण थारु रहेका छन् ।

यही साउन २ गते रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुर निवासी प्रदिप गुप्ताले आफ्नो ६३ प ४२२० नम्बरको मोटरसाइकलमा चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उक्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा नवलपरासीको प्रतापपुर गाउँपालिका–१ जमुनियाका दिपक थारुले घरमा लुकाइराखेको अवस्थामा प्रहरीले उक्त मोटरसाइकल फेला पारेको हो । प्रहरीका अनुसार चोरी भएको मोटरसाइकलसंगै लु ४४ प ८१९५, लु ४२ प ४६ र लु ४२ प ५६०७ नम्बरको मोटरसाइकलहरु समेत फेला परेपछि दिपक संग सोधपुछ गर्दा खिरि नारायण र खेम नारायणले घरमा ल्याएर राखेको बताएका थिए । 

मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको र चार वटा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । पक्राउ परेकालाई रुपन्देही जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिन म्याद थपको अनुमति लिइ थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।

मो.सा..jpg