२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लियो सिद्धार्थनगर युथको अध्यक्षमा अनुराग पाण्डे

सोमवार , श्रावण ४, २०७८

भैरहवा, ४ साउन ।
लियो क्लब अफ सिद्धार्थनगर युथको पद हस्तान्तरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२०/२१ का अध्यक्ष विकास यादवले वर्ष २०२१/२२ का अध्यक्ष अनुराग पाण्डेलाई पद हस्तान्तरण गरेका छन् ।क्लबको वर्ष २०२१/२२ को प्रथम उपाध्यक्षमा सुनिल धवल, द्वितीय उपाध्यक्षमा शिव कुमार मौर्य, तृतीय उपाध्यक्षमा फुलचन्द लोध, सचिवमा सेजल मल्लिक, कोषाध्यक्षमा नविन केसरी, सह-सचिवमा केशवराज पाल र सह-कोषाध्यक्षमा विनिता सिंह रहेका छन् ।

त्यस्तै क्लबको जनसम्पर्क अधिकारी (पीआरओ)मा राजु गौतम, टेल ट्वीष्टरमा गीता सारु, टेमरमा दीपक गुप्ता, निर्देशकमा अनिल यादव, दिपेश धरिकार, साइमा खान, सुमित यादव, सुरज कुमार कान्दु, धनपति मल्लाह र रुपा शर्मा रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी चिफ अर्चित श्रेष्ठले क्लबले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिदै क्लबलाई थप उचाईमा पुर्याउनुपर्ने बताए । विशिष्ट अतिथि डिष्ट्रिक ३२५ बी २ नेपालका रिजन चेयरपर्सन धिरज मल्लिकले यस क्षेत्रको परिचित क्लबको रुपमा लियो क्लब अफ सिद्धार्थनगर युथले आफूलाई स्थापित गर्न सफल भएको बताए ।

कार्यक्रममा समाजसेवी अजय कुमार गुप्ता, लियो डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका अध्यक्ष अनिष लामिछाने, लियो डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका उपाध्यक्ष एम(डी. न्यौपाने, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्रा, लायन्स क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२१/२२ का अध्यक्ष प्रशान्त मणि रामदाम, लियो क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, पूर्व अध्यक्ष विनय कुमार मिश्रा लगायतले बोलेका थिए ।