
सोमवार , श्रावण ४, २०७८
भैरहवा
सैनामैना उद्योग वाणिज्य संघको पदस्थापना एक कार्यक्रम विच सम्पन्न भएको छ । सैनामैना उधोग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशनबाट प्रेम खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका थिए । अध्यक्ष प्रेम खड्का सहित संघको वरिष्ठ उपाध्यक्षमा दिपक अधिकारी,उद्योग उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल,वाणिज्य उपाध्यक्षमा हिमाल गैरे,महासचिबमा लोकनाथ अधिकारी,कोषाध्यक्षमा नारायण प्रसाद पन्थ,सचिबमा मित्र भुषाल र सदस्यहरुमा सिता क्षेत्री,गुरु प्रसाद पराजुली,लाल बहादुर वि.क,सावित्रा शर्मा न्यौपाने,चन्दा भण्डारी,मित्रमणी खनाल,गोरखनाथ बानियाँ,शान्ति शर्मा बराल,छविलाल न्यौपाने,जानकी शर्मा लगायतलाई पदस्थापना गराईएको निर्वाचन समितिका संयोजक लालप्रसाद पंगेनीले जानकारी दिए ।
कार्यक्रम संघका अध्यक्ष राज बहादुर क्षेत्रीको अध्यक्षता,नेपाल वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यता,नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा,नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य भोला बस्यालको विशिष्ट आतिथ्यतामा भएको हो ।
सोही अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दैै सफलकार्यकालको शुभकामना ब्यक्त गरे ।साथै,उनले उधोगी,ब्यवसायहरुको हकहितमा काम गर्न आग्रह गर्दै तिनै तहको सरकार संग सहकार्य गरि विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिए । उत्पादित बस्तुहरुको बजारीकरण तथा प्रदर्शन,तथा कर समस्या समाधान गर्न विशेष पहल भइरहेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देही जिल्ला उपाध्यक्ष फणिन्द्र प्रसाद शर्माले संघले ब्यवसायको हितमा कामगर्नुपर्ने बताएका छन् ।विधि र पद्धति अनुसार संघलाई अघि बढाउन अपिल गर्दै नयाँ नेतृत्वलाई सफलकार्यकालको शुभकामना ब्यक्त गरे । यस्तै,नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य भोला बस्यालले नव नेतृत्वले ब्यावसायिक हितमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य,
जसपा रुपन्देही जिल्ला सदस्य शर्मा लक्ष्मी प्रसाद शर्मा,नेपाली कांग्रेस सैनामैना नगरसभापति रामप्रसाद अधिकारी,नेकपा माओवादी केन्द्र सैनामैनका इन्चार्ज,राष्ट्रिय जनमोर्चाका लुम्बिनी सदस्य गणेश गौतम,नेकपा क्रान्ति सैनामैना नगर इन्चार्ज एकदेव पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम खड्काको स्वागत तथा महासचिब दिपक अधिकारीको सञ्चालन रहेको थियो ।
पत्रकारद्वय सुरेश परियार र अनिता चौधरी सम्मानित
यस्तै सोही अवसरमा रुपन्देहीका पत्रकार सुरेश परियार र अनिता चौधरी सम्मानित भएका छन् ।सैनामैना उद्योग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशनको पदस्थापन कार्यक्रममा पत्रकारद्धय सुरेश परियार र अनिता चौधरी नगदराशी सहित सम्मानपत्रद्धारा आज सम्मानित भएका हुन् ।पत्रकारिताको माध्यमबाट उधोग,ब्यवसाय,प्रबद्र्धनमा पुर्योएको योग्दानको मुल्याङकन गर्दै उत्कृष्ट पत्रकार घोषित गर्दै पत्रकारद्धयलाई सम्मान गरेको हो । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ र संघका अध्यक्ष राज बहादुर क्षेत्रीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।सम्मानित हुने पत्रकारद्धयले पत्रकारिताको क्षेत्रबाट उधोग,ब्यवसाय,प्रबद्र्धनमा सधै कलम चलाउने बताउदै आयोजक प्रति सह धन्यवाद ज्ञापन गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij