images

सोमवार, बैशाख ३१ गते २०८१

रोटरी डाउनटाउनको पदस्थापन सम्पन्न

रोटरी डाउनटाउनको पदस्थापन सम्पन्न

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • रोटरी डाउनटाउनको पदस्थापन सम्पन्न

    बुटवल, ५ साउन ।
    रोटरी क्लब अफ बुटवल डाउनटाउनको २० औं पदस्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ । क्लबका वर्ष २०२०÷२०२१ का अध्यक्ष पंकज ज्ञवालीले वर्ष २०२१÷२०२२ का अध्यक्ष जविन कक्षपतिलाई रोटरी माला, बेल र ह्याम्मर हस्तान्तरण गरी पद हस्तान्तरण गरेका थिए । 

    त्यसै गरी वर्ष २०२१/२०२२ का अध्यक्ष जविन कक्षपतिलाई आरआई डिष्ट्रिक गर्भनर नोमिनी राजेन्द्र प्रसाद ध्वजुले सपथ गराएका थिए । त्यसै गरी आरआई ३२९२ एजी डा नारायण प्रसाद पन्तले कक्षपतिलाई चार्टर सर्टिफिकेट हस्तान्तरण गरेका थिए । 

    अध्यक्ष कक्षपतिले क्लबको उपाध्यक्ष शिव ज्ञवाली, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु खत्री, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, प्रेसिडेन्ट इलेक्ट भरत राना, प्रेसिडेन्ट नोमिनी कमला हमाल, सह–सचिव निलम अधिकारी, सह–कोषाध्यक्ष हरि खरेल, क्लब एडमिनिष्ट्रेशन चेयर डिबि रायमाझी, द रोटरी फाउण्डेशन चेयर नलराज नेपाल, क्लब सर्भिस प्रोजेक्ट चेयर मनोज भुसाल, क्लब पब्लिक रिलेसन चेयर शम्भु भट्टराई, क्लब मेम्बर चेयर विष्णु भण्डारी, सर्जएट आम फष्ट प्रेमा केसी, सर्जएट आम सेकेण्ड तेज कुमारी लुईटेल, आरसिसि फष्ट चेयर चुनिया गुरुङ, आरसिसि सेकेण्ड चेयर मथुरा भण्डारी, वुमन ईम्पावर चेयर सुविता सैजु, क्लब एक्सटेन्सन चेयर मुना अर्याल, युथ सर्भिस चेयर रोशन भण्डारी, रोट्रयाक्ट/ईन्ट्रयाक्ट/ईन्नरह्विल कोअर्डिनेटर बिनोद ज्ञवाली, फण्ड राईसिङ चेयर दिनेश अग्रवाल, फेलोसिप चेयर दीप आचार्य, ईडिटर रामप्रसाद आचार्य, क्लब मेन्टर भिमराज श्रेष्ठलाई शपथ खुवाए । 

    वर्ष २०२१/२०२२ का अध्यक्ष जविन कक्षपतिले समाजमा आफ्नो फरक पहिचान बनाउन संघ–संस्थाहरुको महत्वपूर्ण योगदान हुने बताए । रोटरी आरआईको निर्देशनमा समाजका विभिन्न क्षेत्रमा आईपर्ने समस्याहरुमा क्लबबाट परियोजनाहरु चलाउँदै आएको उनले बताए । 

    वर्ष २०२०/२०२१ का अध्यक्ष पंकज ज्ञवालीले आफ्नो वर्षभरी सहयोग गर्ने पदाधिकारीहरुलाई सम्मान गरेका थिए । त्यसै गरी क्लबलाई वर्षभरी महत्वपूर्ण योगदान दिएका बाबुराम बन्जाडेलाई रोटरीयन अफ द ईयरबाट सम्मान पत्रबाट सम्मान गरेका छन । 

    वर्ष २०२०/२०२१ का नारायण तिवारीलाई वर्ष २०२१/२०२२ का कोषाध्यक्ष भानु खत्रीलाई चेक बुक तथा खाता हस्तान्तरण गरेका थिए । वर्ष २०२०/२०२१ का सचिव डिवि रायमाझीले वर्ष २०२१/२०२२ का सचिव बाबुराम बन्जाडेलाई मान्युड हस्तान्तरण गरेका थिए । वर्ष २०२०÷२०२१ का अध्यक्ष पंकज ज्ञवालीले आफ्नो कार्यकालमा १४ वटा महत्वपूर्ण परियोजनाहरु सम्पन्न गरि लक्ष्य अनुसार काम गर्न सफल भएको अध्यक्ष ज्ञवालीले बताए । 

    कार्यक्रममा क्लबका पुर्व अध्यक्ष पिताम्बर ज्ञवाली, एजी ध्रुव धिताल, श्याम बहादुर पराजुली, प्रेसिडेन्ट नोमिनि भरत रानाले नयाँ समितिबाट रचनात्मक कामलाई अघि बढाउने बताए । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेलाई सम्मान गरिएको थियो । त्यसै गरी क्लबको प्रकाशन गरिएको डाईरेक्ट्री र क्लब बुलेटिन विमोचन गरिएको थियो । 

    त्यसै गरी क्लबमा नया सदस्यलाई परिचय, स्वागत गराउने कार्यक्रम गरिएको थियो । यो वर्ष विभिन्न पेशामा आवद्ध रहेका अर्जुन पौडेल, रमेश बेल्बासे र दिपक पौडेललाई क्लबमा स्वागत गरिएको थियो । 

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij