images

सोमवार, बैशाख ३१ गते २०८१

विषाक्त मदिरा पिएका गम्भीर बिरामीलाई पोखरा पठाइयो

विषाक्त मदिरा पिएका गम्भीर बिरामीलाई पोखरा पठाइयो

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • विषाक्त मदिरा पिएका गम्भीर बिरामीलाई पोखरा पठाइयो

    गलकोट, ५ साउन । 

    images
    images
    images

    गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ ।धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

    दुवैको मिर्गौलामा असर पु¥याएको जनाइएको छ । नगरपालिकामा मजदुरी गर्दै आएका चारजना मजदूरको भने आज बिहान मदिरा सेवन गरेका कारण ज्यान गएको थियो । उनीहरुको चार जनाको धौलागिरि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

    रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij