images

मंगलवार, बैशाख २५ गते २०८१

‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ : गृहमन्त्री

‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ : गृहमन्त्री

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • ‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ : गृहमन्त्री

    काठमाडौँ, ५ साउन । 

    images
    images
    images

    गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताए । 

    राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री खाँडले भने, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए । 

    सो अवसरमा महासङ्घका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका  थिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij