images

मंगलवार, बैशाख २५ गते २०८१

विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन

विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन

    बलेव, ५ साउन । 

    images
    images
    images

    विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।  

    बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।  त्यस्तै उनीहरुसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ ।  बागलुङमा पहिलोपटक चारजनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए । “सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु”, उनले भने, “अहिलेसम्म दुईजना पक्राउ परेका छन्, मजदूरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरुसमेत बरामद गरेका छौँ ।” पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन् । उनीहरुसँग अहिले सोधपुछ चलिरहेको र शवपरीक्षणको रिपार्टे आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए । रासस




    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij