२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स सिद्धार्थनगर लेडी युथ र लियो युथद्वारा वृक्षारोपण

बुधवार , श्रावण ६, २०७८

भैरहवा, ६ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लियो क्लब अफ सिद्धार्थनगर युथले मंगलबार भैरहवामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । दुवै क्लबले संयुक्त रुपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ स्थित श्री भुजौली प्राथमिक विद्यालयमा वृक्षारोपण गरेका हुन् । वातावरण संरक्षण गर्न वृक्षारोपण अपिरहार्य रहेकोले विद्यालयमा वृक्षारोपण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२१.२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्सको विधा अनुसार वृक्षारोपण पर्ने भएकोले यो कार्य आफैमा महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सहनाज बेगम, विद्यालयका प्रधानाध्यापक अयोध्या गौड, लायन्स डिष्ट्रिक ३२५ बी २ नेपालका जोन चेयरपर्सन रचना क्षेत्री, माया मल्लिक, अभिनव मयुर कसौधन, डिष्ट्रिक डिपार्टमेन्ट मेम्बर सुधा कुंवर, लायन्स क्लब अफ सिद्धार्थनगर युथका पूर्व अध्यक्ष विनय कसौधन, लियो क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय लगायतले वृक्षारोपणको महत्वको बारेमा बोलेका थिए ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधन, लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२१/२२ का अध्यक्ष अनुराग पाण्डेको अध्यक्षता, शिल्पा श्रीवास्तव र श्रीवातसा चर्तुवेदीको संयोजकत्व, माधुरी थापाद्वाा झण्डा अभिवादन तथा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका सचिव रागिनी जैसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ५१ वटा विरुवा रोपिएको र रोपिएका विरुवाहरुको संरक्षण गरिने लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष अनुराग पाण्डेले बताए ।

215314632_312230420651089_2864067247765890023_n.jpg218647775_364369148544447_5096881716605098411_n.jpg