२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

बालगृहमा जन्मदिन

बुधवार , भाद्र १७, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, १७ भदौ । 
    भैरहवा बहमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले आफ्नो जन्मदिन बालगृहमा मनाएका छन् । स्नातक दोस्रो वर्षमा अध्ययनरत मनिषा खनालले बुधबार भैरहवाको लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा पुगेर जन्मदिन मनाएकी हुन् । 

    खनालले बालगृहमा रहेका बालबालिकाको लागि खाद्यान्न सामाग्री वितरण गर्नुका साथै उनीहरुसंगै खाना खाएकी छन् । फजुल खर्च गर्नु भन्दा अभिभावबिहीन बालबालिकाको लागि केही भए पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले जन्मदिन बालगृहमा मनाएको उनले बताइन् ।

    बालगृहमा पुगेर जन्मदिन मनाउने कार्य सराहनीय रहेको अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिका–१२ का वडा सदस्य सरोज ठकुरी बताउँछन् ।