२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

दाङमा बाघको छाला सहित २ जनालाई पक्राउ

बुधवार , श्रावण ६, २०७८

दाङ, ६ साउन ।

दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु बाघको छाला सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्र्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय राम बहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पुर्ण सिह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार बिहान करिब साढे ३ बजेतिर दाङ घोराही उपमहानगरपालीका ३ गोग्लीमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरु शंकास्पद अबस्थामा हिडीरहेको फेला पारी नियमित चेकिङमा खटिएको प्रहरी टोलिले रोकी चेकजाँच गर्दा सिमेन्टको वोराभित्र टाटेपाटे बाघको छाला फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पुच्छर देखि टाउँकोसम्म ५ फिट २ ईन्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ ईन्च भएको नङ्ग्रा र जुँगा सहितको छाला फेला परेको प्रहरी जनाएको छ ।

211708935_974702680049596_4404613081043651640_n.jpg