२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

गोली लागेर युवकको मृत्यु

बिहिवार , श्रावण ७, २०७८

चितवन, ७ साउन ।

भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए ।

 बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृत पुरुषको सनाखत भई नसकेको बताए । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ । रासस