२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

१२५ वर्षीय पूजारीको निधन

बिहिवार , श्रावण ७, २०७८

जलेश्वर, ७ साउन । 

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
 
पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो ।  भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी  तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गर्नुभएका उहाँ शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए ।  स्थानीयवासीका अनुसार योग गर्नुहुने उहाँले बिरामी हुँदा पनि कहिल्यै औषधि  प्रयोग गरेका थिएनन्। ।
 
पूजारी बाबा  वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उनको  अन्तिम संस्कारका लागि  स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गडमा भेला भएका छन् । रासस