२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स सिद्धार्थनगर लोटसद्वारा खाद्यान्न वितरण

बिहिवार , श्रावण ७, २०७८

भैरहवा, ७ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई मध्यनजर गर्दै खाद्यान्न सामग्री वितरण गरिएको क्लबका निर्देशक तथा कार्यक्रम संयोजक सिर्जना जोशीले बताइन् । वर्ष २०२१/२२ को तेस्रो कार्यक्रम अन्तर्गत बिहीबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का ३७ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको उनले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर धर्मराज श्रेष्ठले मानव भएर जन्मेपछि मानवीय सेवा गर्नुपर्ने बताए । उनले कर्म नै पूजा भएको बताए । आफ्ना परिवारका सदस्यहरुलाई पनि सामाजिक कार्यमा लाग्न आफूले बारम्बार भन्दै आएको उनको भनाइ छ । विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द थापाले सामाजिक काम गरेपछि त्यो कामबाट अरुलाई पनि केही गर्ने प्रेरणा प्रदान हुने बताए । उनले संस्थामा लागिसकेपछि संस्थाप्रति वफादार हुनुपर्ने बताए ।

डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुुटी सेक्रेटरी विजय पाण्डेले आफूले अरुलाई दिएका कुरा जतिबेला महत्वपूर्ण हुन्छ त्यही नै दान भएको बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले कल्याणकाकारी काम गरेको उल्लेख गरे । लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक प्रोग्राम मेम्बर दुर्गा आचार्यले विगतका वर्षमा पनि क्लबले खाद्यान्न सामग्री वितरण गरेको र अहिले पनि यो कार्यलाई निरन्तरता दिएको बताइन् । उनले आगामी दिनमा पनि लायन्सको विधा अनुसार स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा काम गर्ने बताइन् ।

लायन्स क्लब अफ सिद्धार्थनगर लोटस वर्ष २०२१/२२ का अध्यक्ष मञ्जु खरेलले समाजमा केही गर्न पाउँदा आनन्दको अनुभुति हुने गरेको बताइन् । उनले अहिलेको विषम परिस्थितिका कारण मानिसलाई जीविकोपार्जन गर्न समेत समस्या भएको बताए ।लायन्स क्लब अफ भैरहवा डाइनामिक टिचर्सका अध्यक्ष विना भण्डारी पाठकले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दा थप प्रभावकारी बन्ने बताइन् । 

लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले आफू भन्दा कम भाग्यशालीलाई सहयोग गर्ने लायन्सको मान्यता अनुसार लायन्सले मानवीय सेवा गर्दै आएको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर लोटस वर्ष २०२१/२२ का अध्यक्ष मञ्जु खरेलको अध्यक्षता, कार्यक्रम संयोजक सिर्जना जोशीको स्वागत, तारा पराजुलीको ध्वजा अभिवादन तथा सचिव सरिता आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 



IMG_0518.JPG