२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

असारमा १६२ मानव अधिकार उल्लंघनका घटना

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं, ७ साउन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असारमा मानव अधिकार उल्लंघन तथा ज्यादतिका १६२ घटना भएको जनाएको छ । इन्सेकले असारको तथ्यांक आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाबाट पीडित भएको जनाएको छ ।

इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना पीडित भएका छन् । ती घटनामध्ये पत्नी हत्याका ६, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको तीन, बलात्कार प्रयासपछि हत्याको एकसहित २२ जनाको हत्या भएका घटना अभिलेख गरिएको छ ।

यो अवधिमा झडपमा १२ जनासहित १५ जना घाइते भएका छन् । गिरफ्तारीका घटनामा तीन महिलासहित ३० जना, कुटपिटबाट पाँच जना, धम्कीका घटनामा एक जना र यातनाका घटनामा एक जना पीडित भएका छन् । बालअधिकार उल्लंघनका घटनामा परी ५३ जना बालिका पीडित भए भने महिला अधिकार उल्लंघनका घटनामा ३२ जना पीडित भएको इन्सेकले जनाएको छ । रासस