२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

शुक्रवार , श्रावण ८, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • नवलपुर, ८ साउन । 

    चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ । रासस