२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

खेलकुद पूर्वाधार विकासको पालो रुपन्देही : सदस्य सचिव वली

शुक्रवार , श्रावण ८, २०७८

बुटवल, ८ साउन ।
लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव भिम वलीले खेलकुद पूर्वाधार विकास गर्ने पालो रुपन्देही भएको बताएका छन् । कार्यभार सम्हालेको आठौ दिन शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद पूर्वाधार र गतिविधि विकास गर्दा रुपन्देही पहिलो प्राथमिकता भएको बताए । 

रोटरी क्लब अफ बुटवल डाउनटाउनको ८ सय ५७ औं नियमित बैठकमा उनले व्यवसायिक क्षेत्रमा रहेका सबै वर्गबाट सहयोग गर्न जरुरी रहेको बताए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा नेपालगंजमा ५१ करोड र भौतिक पूर्वाधारमा मात्र ८५ करोड लगानी भएको भन्दै उनले लुम्बिनी प्रदेश इतिहास रच्न सफल भएको बताए । 

प्रत्येक वर्ष २.२ वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता वि.सं. २०३८, ४० र ४२ सालपछि निरन्तरता पाउन नसकेको अवस्थामा ३३ वर्षपछि ०७५ वर्षमा गरेको उनले बताए । खेलाडीको उमेर अनुसारको छनौटका विधिलाई पारदर्शी र वैज्ञानिक रुपमा अघि बढाउने उनले बताए । लुम्बिनी प्रदेशको पाँच जिल्लामा फरकफरक खेल प्रतियोगिता गरेको उनले बताए । आठौको बेला रुपन्देहीको एन्फा कम्प्लेक्स, लनटेनिस, क्रिकेटमा मैदानमा समेत गरी ३ करोड बढी लगानी भएको उनले बताए । 

क्लबका अध्यक्ष जविन कक्षपतिले खेलकुद गतिविधिसंगै पूर्वाधार विकासलाई संगसंगै लैजानुपर्ने बताए । नेतृत्वबाट नै पहुँच र बलको आधारमा खेलाडी छनौट गर्ने गलत परिपाटीलाई अन्त्य गर्न समेत उनले सुझाव दिए । 
क्लबका सचिव बाबुराम बेल्बासे, कोषाध्यक्ष भानु खत्री, क्लबका पूर्व अध्यक्ष भिम श्रेष्ठ, रोट्याक्ट क्लब अफ डाउनटाउन वर्ष २०२१÷२२ का अध्यक्ष राम बेल्बासेले संस्थागत रुपमा सहकार्य गर्न तयार रहेको बताए । फुटसल, क्रिकेट, ब्याडमिन्टन कार्यक्रमहरु क्लबहरुको बीचमा आयोजना गरेर निरन्तर भातृत्व गराउने काम गरेको बताए ।