२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

लायन्स भैरहवा ग्रिनसिटीले गरायो आफ्ना सदस्यहरुको कोरोना बीमा

बिहिवार , भाद्र १८, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १८ भदौ ।
    लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले आफ्ना सदस्यहरुको कोरोना बीमा गराएको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसंग बीमालेख सम्झौता गरी क्लबमा आबद्ध सदस्यहरुको बीमालेख जारी गराइएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताए । क्लबमा ५४ जना सदस्यहरु आबद्ध छन् ।

    पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यले एक लाखको कोरोना बीमा गराइएको क्लबका प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरीले बताए ।

    बिहीबार कोरोना बीमालेख यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा प्रबन्धक गिरिजा प्रसाद चौधरीले क्लबका अध्यक्ष शिवनाथ गुप्तालाई हस्तान्तरण गरेका छन् । 

    बीमा गरेको कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा एक लाख रुपैयाँ दावी भुक्तानी हुने यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ ।