images
images

आइतवार, जेठ ६ गते २०८१

लायन्स क्लब अफ सिद्धार्थनगरद्वारा वृक्षारोपण

लायन्स क्लब अफ सिद्धार्थनगरद्वारा वृक्षारोपण

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • लायन्स क्लब अफ सिद्धार्थनगरद्वारा वृक्षारोपण

    भैरहवा, ९ साउन ।
    लायन्स क्लब अफ सिद्धार्थनगरले शनिबार वृक्षारोपण गरेको छ । क्लबले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ स्थित श्री तेनुहवा सामुदायिक माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको हो ।
    विद्यालय क्षेत्रलाई हरियाली बनाउने तथा वातावरण संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको कार्यक्रम संयोजक राजु न्यौपानेले बताए । 

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेले विरुवा रोप्नु मात्र ठूलो कुरा नभइ विरुवाको संरक्षण गर्नु ठूलो कार्य भएको बताए । उनले विद्यालय परिसरमा रोपिएको विरुवा संरक्षण भए क्लबलाई पुनः यस क्षेत्रमा वृक्षारोपण गर्ने प्रेरणा प्रदान हुने बताए ।

    विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्स क्लब अफ सिद्धार्थनगरले वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरेको बताए । उनले कोभिड महामारीमा अक्सिजनको अभाव भएकोले अक्सिजनका लागि वृक्षारोपणलाई निरन्तरता दिदै जानुपर्ने बताए । तेनुहवा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहम्मद इलियास मुसलमानले रोपिएका विरुवाहरुको संरक्षण विद्यालयले गर्ने बताए । उनले विद्यालयमा यस्तो कार्यक्रम पहिलो पटक क्लबले गरेको भन्दै क्लबलाई धन्यवाद दिए ।

    लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले वातावरण संरक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले वृक्षारोपण कार्यक्रमलाई कार्ययोजनकै रुपमा प्राथमिकता दिइ अगाडी बढाइएको बताए । लायन्स सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, कार्यक्रम संयोजक राजु न्यौपानेको स्वागत, रघु प्रसाद खनालको ध्वजा अभिवादन तथा सचिव धर्मराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय परिसरमा आँप, अमला लगायत विभिन्न प्रजातिका ४० वटा विरुवा रोपिएको लायन्स सिद्धार्थनगरका कोषाध्यक्ष उमेश थापा मगरले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij