images
images

आइतवार, जेठ ६ गते २०८१

लायन्स भैरहवा ग्रीन सिटीको आयोजनामा एकदिने अभिमुखीकरण

लायन्स भैरहवा ग्रीन सिटीको आयोजनामा एकदिने अभिमुखीकरण

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • लायन्स भैरहवा ग्रीन सिटीको आयोजनामा एकदिने अभिमुखीकरण

    मनोज क्षेत्री
    भैरहवा, ९ साउन ।
    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले शनिबार एकदिने लायन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ओमसतिया गाँउपालिका वडा नम्बर ४ बसन्तपुरस्थित बोधी रेडशन रिसोर्टमा लायन्स क्लब अफ ओमसतिया र लायन्स भैरहवा ग्रीन सिटीका सदस्यहरुलाई संयुक्त रुपमा अभिमुखीकरण तालिम दिइएको लायन्स ग्रीन सिटी वर्ष २०२१/२२ का अध्यक्ष लायन गोविन्द प्रसाद गिरीले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स ग्रिनसिटीको प्रशंसा गर्दै स्थापना कालको छोटो समयमै लायन्स क्लब अफ ओमसतियालाई जन्माउनु उत्कृष्ट कार्य भएको बताए ।

    त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाईजर एमजेअफ उमंग देवकोटाले लायन्स क्लबको विषयमा, लायन्सका विभिन्न पदाधिकारीको भूमिका तथा कर्तव्यका बारेमा जानकारी गराएका थिए ।

    डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्सको काम कर्तव्य र अनुशासन सम्बन्धी तालिम दिएका थिए । एल.सी.आइ.अफ. संयोजक ईं किरण खरेलले कोष सम्बन्धी तालिम दिएका थिए । डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डेले बैठक संचालन सम्बन्धी तालिम दिए । लायन्स भैरहवा ग्रीन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले संस्था स्थापनाको बारेमा प्रकाश पारेका थिए ।

    लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले लायन्स क्लबले सामाजिक सेवामा हात अगाडी बढाएको बताए ।कमल रायमाझीको संयोजकत्व तथा रोशन शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी अध्यक्ष माया सारु मगर, लायन्स गीन सिटी तथा लायन्स ओमसतियाका सदस्यहरुको उल्लेखनिय सहभागिता थियो ।  

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij