images
images

आइतवार, जेठ ६ गते २०८१

रोट्रयाक्ट बुटवलको अध्यक्षमा राजु 

रोट्रयाक्ट बुटवलको अध्यक्षमा राजु 

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • रोट्रयाक्ट बुटवलको अध्यक्षमा राजु 

    बुटवल, ९ साउन ।
    रोट्रयाक्ट क्लब अफ बुटवलमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । योगिकुटीमा रहेको होटल पौवामा एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण स्थापना दिवस र धन्यवाद ज्ञापन कार्यक्रम सम्पन गरिएको हो । कार्यक्रममा वर्ष २०२०/२१ का अध्यक्ष सुमन अधिकारीले नवनिर्वाचित अध्यक्ष राजु पुन मगरलाई पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै २०२०/२१ का अध्यक्ष अधिकारीले आफुले गरेका

    images
    images
    images

    कार्यक्रमको बारेमा समिक्षा गर्दै कारोना महामारीको कारणले चाहे जसरी काम गर्न नसकेको बताए । उनले आफ्नो कार्यकाल अवधीमा जम्मा १९ वटा कार्यक्रम सम्पन्न गरेको समेत जानकारी गराएका थिए । 

    त्यस्तै नवनिर्वाचित अध्यक्ष पुनले आफ्नो कार्यकाल अवधिमा क्लबका पुराना कार्यक्रमलाई निरन्तरता दिदै थप नयाँ कार्यहरु गर्दै क्लबको उचाइलाई थप माथी पुर्याउने प्रतिवद्वता व्यक्त गरेका थिए ।
    आर.आई. डिष्ट्रिक ३२९२ नेपाल भुटानका नोमिनी डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुको प्रमुख आतिथ्यता, विशिष्ट रोटरी आर.आई. डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक एसिस्टेन्ट गभर्नर राजेन्द्र कार्कीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका इलेक्टे«ड डि.आर.आर. रोक्¥याक्टर लक्ष्मण खरेल, रोट्रयाक्ट क्लब अफ बुटवलका संस्थापक अध्यक्ष बोनिन पिया, क्लबको स्पोन्सर क्लब रोटरी क्लब अफ बुटवलका वर्तमान अध्यक्ष तारा प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्ने अतिथिहरुले क्लबका नवनिर्वाचित अध्यक्ष राजु पुन मगरलाई बधाई दिदै थप क्रियाशिल ढंगले कार्यक्रमहरु गर्न आग्रह गरेका थिए । क्लबका लागि आफुहरुलेसहयोग गर्न तयार रहेको उनीहरुको भनाइ थियो ।

    नवनिर्वाचित अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राजु पुनले उपस्थित सबै अतिथिहरुलाई मायाको चिनो पदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए । नवराज भण्डारीको स्वागत मन्तब्य रहेको कार्यक्रममा नव निर्वाचित कोषध्यक्ष भेषराज पोखरेलले अध्यक्षको परिचय प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सुस्मिता श्रेष्ठले गरेकी थिइन ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij