२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

८३ वर्षको उमेरमा नेपाली नागरिकता

आइतवार , श्रावण १०, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • गुल्मी, १० साउन ।
    नागरिकको परिचय दिन वा राज्यले प्रदान गर्ने सेवा सुविधाको उपभोग गर्नका लागि नेपाली नागरिकता एकदमै महत्वपुर्ण मानिन्छ । नेपाली नागरिकताबाट वञ्चित भएका कैयौं नागरिकले राज्यबाट पाउने सेवाबाट वञ्चित छन् । तर, अचम्मको कुरा गुल्मीमा ८३ वर्षको उमेरमा बल्ल नेपाली नागरिकता बनेको छ  । राज्यले प्रदान गर्ने सामाजिक सुरुक्षा भत्ता लगायतका सरकारी सेवाबाट वञ्चित हुँदै आएकी गुल्मीकी एक वृद्धाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छिन् । जिल्लाको सत्यवती गाउँपालिका–६ जोहाङकी हरिकला विकले नेपाली नागरिकता पाएकी हुन् ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीले समयसमयमा गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै आए तापनि विकले नेपाली नागरिकता पाएकी थिइनन् । गाउँमा शिविर सञ्चालन भएकोे खबर आफुहरुले नपाएको र आमा सवारीमा सवार गरी सम्बन्धित ठाउँसम्म पुग्न नसकेकाले आमा नेपाली नागरिकताबाट वञ्चित बन्न पुगेको छोरा देव बहादुर वि.क.ले बताए । हरिकला वि.क.ले नेपाली नागरिकता बनाउन नचाहेको र राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको खबर आफुलाई प्राप्त भएपछि आफू अष्ट्रेलिया गएको समयमा गाउँमा शिविर सञ्चालन भएको तर उनले नागरिकताको लागी केही आधार दिन नसकेपछि नागरिकता लिन केही समय रोकिएको सत्यवती गाउँपालिका–६ का वडाअध्यक्ष बिष्णु प्रसाद भण्डारी बताए । 

    विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण न्यूनीकरणको लागी सरकारले लगाएको लकडाउनमा वि.क.को छोरा वैदेशिक रोजगारबाट घर फर्किएपछि वडाले कानूनी प्रक्रिया अनुसार नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय गुल्मी तम्घास पठाइएको वडाअध्यक्ष भण्डारीले जानाकारी दिए । नागरिकता नहँुदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएकी हरीकलाले अब नागरिकता बनेपछि भत्ता लगायत राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधा पाउने भएकी छन् ।