images
images

आइतवार, जेठ ६ गते २०८१

लायन्स टुलिपद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

लायन्स टुलिपद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

images
images
images
आइतवार, श्रावण १० २०७८
आइतवार, श्रावण १० २०७८
  • लायन्स टुलिपद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    भैरहवा, १० साउन ।
    लायन्स क्लव अफ सिद्धार्थनगर टुलिपले आफ्ना सदस्यहरुलाई लायन्स परिचय विषयमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ Ι  कार्यक्रममा बोल्दै प्रमुख प्रस्तोता लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २  नेपालका चिफ एड्भाइजर उमंग देवकोटाले अन्तर्राष्ट्रिय लायन्सको स्थापना र नेपालमा लायन्स अभियानबारे चर्चा गरेका थिए ।  डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्सका पदाधिकारीहरुको काम कर्तव्य र संगठन विस्तारबारे बोलेका थिए ।क्लबकी अध्यक्ष माया सारुमगरले कार्यक्रमको महत्वबारे प्रकाश पारेकी थिइन् ।

    images
    images
    images

    कार्यक्रममा क्लबकी सल्लाहकार समाजसेवी रुपमा हिराचन, डिष्ट्रिक एरिया ४  चिफ जीवन गौतम, जोन चेयरपर्सन रचना क्षेत्री, लायन्स क्लब अफ सिद्धार्थनगर ग्रिन सिटीका अध्यक्ष गोविन्द प्रसाद गिरी लगायतले बोलेका थिए । २५ जना लायन्स सदस्यहरुलाई अभ्यास विधिवाट बैठक प्रणालीका वारेमा समेत सिकाइएको थियो ।

    कार्यक्रमको सहजीकरण डिष्ट्रिक डेपुटी सेक्रेटरी तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विजय पाण्डेले गरेका थिए ।  कार्यक्रम संयोजक जानुका भट्टराईको स्वागत तथा सचिव मिनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप २ वर्ष अघि स्थापना भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij