२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोहिणी गाउँपालिका २ का अध्यक्ष पाण्डे अख्तियारको नियन्त्रणमा 

बिहिवार , भाद्र १८, २०७७

भैरहवा । रोहिणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको छ । 

सहकारीबाट प्राप्त हुने अनुदानका लागि सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा अख्तियार बुटवलको टोलीले पक्राउ गरेको हो । 

अख्तियारको टोलीले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेको र २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

भुषालका अनुसार पाण्डेलाई रोहिणी गाउँपालिका वडा नं २ को कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । पाण्डेलाई सेवाग्राहिसंग घुस मागेको अडियो र भिडियोका आधारमा पक्राउ गरेको सुचना अधिकारी भुषालले जानकारी दिए ।