images
images

आइतवार, जेठ ६ गते २०८१

रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी इञ्चार्ज सम्मानित

रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी इञ्चार्ज सम्मानित

images
images
images
आइतवार, श्रावण १० २०७८
आइतवार, श्रावण १० २०७८
  • रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी इञ्चार्ज सम्मानित

    भैरहवा, १० साउन । 
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उत्कृष्ट कार्य गर्ने तीन जना प्रहरी इञ्चार्जहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ईलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी चौकी चनौलि बगाहका प्रहरी सहायक निरीक्षक पवन जि।सी। र प्रहरी चौकी सुक्रौलि आमाका प्रहरी सहायक निरीक्षक दिलिप आले रहेका छन् ।

    images
    images
    images

    जिप्रका रुपन्देहीले जिल्लाभित्र कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्दै आएको छ । कार्ययोजना बमोजिम असार महिनामा ‘उच्च इन्टीग्रीटी स्कोर’ प्राप्त गर्ने प्रहरी कार्यालयका इञ्चार्जहरुलाई ‘हाई इन्टीग्रीटी इञ्चार्ज अवार्ड’ र अभिलेखीकरण हुने गरी नगद पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । 

    कार्यालय मातहत तीनजनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्दै यस कार्यालयबाट संचालन गरिएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा सम्मान र पुरस्कृत गरिएको डीएसपी थापाले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्रव्यवसासिक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले उहाँहरुको सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै यसलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न  पुरस्कार प्रदान गरिएको छ, उनले भने ।









    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij