२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

एकदिने लायन्स अभिमुखीकरण कार्यक्रम सम्पन्न

आइतवार , श्रावण १०, २०७८


भैरहवा, १० साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी र लायन्स क्लब अफ भैरहवा डाइनामिक टिचर्सको आयोजनामा तिलोत्तमा–७ भलवारीमा एकदिने लायन्स अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दैै लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेले लायन्सको माध्यमबाट केही कुरा सिक्न र सिकाउन पाइएको बताए । उनले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गरे । लायन्सको बारेमा बुझिसकेपछि योजना तथा कार्यकाल सफल बनाउन सकिने उनको भनाइ थियो ।

लायन्स सिद्धार्थनगर लेडी युथ वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधन, लायन्स लुम्बिनी क्रियटिभ लेडीका अध्यक्ष मञ्जु शर्मा रेग्मी र लायन्स भैरहवा डाइनामिक टिचर्सका अध्यक्ष विना भण्डारीको अध्यक्षता, स्नेहा राउत थापा, सिर्जना पाठक र सीता भट्टराईको संयोजकत्व तथा शोभा काफ्ले र प्रकृति उप्रेतीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल  डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठ र डिष्ट्रिक डेपुटी चिफ सन्दिप कसौधनले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी चिफ अर्चित श्रेष्ठ, रिजन चेयरपर्सन धिरज मल्लिक, जोन चेयरपर्सन दिपेन्द्र प्रधान, रचना क्षेत्री, डिष्ट्रिक प्रोग्राम मेम्बर सुधा कुंवर, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष राकेश गुरुङ, द्वितीय उपाध्यक्ष सुमन शर्मा लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४० जनाले प्रशिक्षण लिएका थिए ।

_L5A1698.JPG