२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रुपन्देहीमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

बिहिवार , भाद्र १८, २०७७

  • 5.6K
    Shares
  • 5.6K
    Shares

  • भैरहवा, १८ भदौ ।
    रुपन्देहीमा बिहीबार थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २१ जना महिला र २९ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार र बुटवल उपमहानगरपालिकामा ३१, सिद्धार्थनगर नगरपालिकामा ९, तिलोत्तमा नगरपालिकामा १, देवदह नगरपालिकामा २, रोहिणी गाउँपालिकामा १, गैडहवामा २ र ओमसतिया गाउँपालिकामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो तथ्यांक बिहीबार सांझ साढे ४ सम्मको हो । मंगलबार रुपन्देहीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या १ हजार १ सय ३३ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले बताए ।  त्यस्तै जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ४९७ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ६२६ जनाले उपचार गराइरहेका छन् ।