२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स बुटवल सनराईजको अध्यक्षमा शंकर पाण्डे

सोमवार , श्रावण ११, २०७८

बुटवल, ११ साउन ।
लायन्स क्लब अफ बुटवल सनराइजको पद हस्तान्तरण सम्पन्न भएको छ । सोमबार एक समारोहकाबीच वर्ष २०२१÷२०२२ का नवनिर्वाचित अध्यक्ष शंकर पाण्डेलाई वर्ष २०२०÷२०२१ का अध्यक्ष समुन्द्र श्रेष्ठले पद हस्तान्तरण गरेका छन । 

कार्यक्रमका् लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस गभर्नर नवराज न्यौपानेले उद्घाटन गर्दै क्लबहरु आर्थिक रुपमा बलियो हँुदा रचनात्मक काम गर्न सहज हुने बताए । दुरदर्शिता र पारदर्शिता हुन सके मात्र संस्थाको निरन्तरता पाउन सक्ने भएकाले पनि यसलाई निरन्तरता दिन उनले सुझाव दिए । घर बलियो भए मात्र नेता र नेतृत्व बलियो बन्ने भन्दै उनले क्लबका सबै पदाधिकारी र सदस्यहरुबीचमा अपनत्व र सहकार्य जरुरी रहेको बताए ।  कार्यक्रममा वर्ष २०२०/२०२१ का अध्यक्ष समुन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा धेरै कार्यक्रमहरु गर्ने योजना बनाएको भए पनि कोभिड–१९ संक्रमण र निषेधाज्ञाका कारण पुरा गर्न असमर्थ भएको दुःखेसो गरे । केही नमुना कामहरु भने सफलतापूर्वक भएको भन्दै उनले अनाथ आश्रममा खाद्यान्न वितरणबाट शुरुवातसंगै शिक्षा, स्वास्थ्यका क्षेत्रहरुमा काम गरेको बताए । 

वर्ष २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष शंकर पाण्डेले आफ्नो कार्यकालमा लायन्स इन्टरनेशनललाइ पछ्याउँदै नमुना गतिविधिलाई समावेश गरेर अघि बढाउने बताए । मानव मात्र नभई पर्यावरण जगाउन ईको सिस्टमका लागि समेत आईकोनिक युथ फर एनिमलका फाउण्डर राजन गौडेलको संस्थासंग सहकार्य गर्ने बताए । कार्यक्रममा डिष्ट्रिक चिफ कोअर्डिनेटर अर्जुनमान सैजु, सुनिता बजिमय, जोन चेयरपर्सन राजु पौडेल, विनित भट्टराई, सीता भट्टराई, क्लबका सचिव अमर पन्तले अन्य क्लबहरुसंग समन्वय गरेर अघि बढ्ने बताए । 


कार्यक्रममा कोषाध्यक्ष त्रिभुवन पाण्डेले आर्थिक आयब्याय प्रस्तुत गर्दै वर्षभरी विविध कार्यक्रमहरु सम्पन्न गरी कोषमा २ लाख बढी रकम बचत रहेको बताए । त्यसै गरी क्लबको वर्षभरी विभिन्न कार्यक्रमको संयोजकको भूमिका निर्वाह गरि सहयोग पुर्याएका पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो । 

पत्रकार श्रेष्ठ र पौडेललाई सम्मान

यस क्षेत्रमा स्थापनाको पहिलो वर्षमा नै धेरै नमूना काम गरेको लायन्स क्लब अफ बुटवल सनराईजले सञ्चार क्षेत्रमा क्रियाशिल रहेर योगदान दिएका दुई जना पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ । डिष्ट्रिक ३२५ बी २ का सेकेण्ड भाइस गभर्नर नवराज न्यौपाने, क्लबका अध्यक्ष समुन्द्र श्रेष्ठले सामाजिक क्षेत्रमा कलम चलाएर योगदान पुर्याएको भन्दै कान्तिपुर टेलिभिजन तथा बुटवल टुडे दैनिकका सम्वाददाता स्वस्तिक श्रेष्ठ र राज्य टेलिभिजनका सम्बाददाता माधव पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदबाट पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ ।