
नगरपालिकाको बेवास्ता, विद्यार्थीले गरे सरसफाई
मंगलवार , श्रावण १२, २०७८
गुल्मी ।
लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिका गुल्मीको ५०/५० प्रतिशत साझेदारको लगानीमा सदरमुकाम तम्घासमा निर्माण गरिएको थ्री डि पार्क सम्बन्धित निकायको बेवास्ताले लामो समयदेखी फोहोर फाल्ने केन्द्र जस्तै बन्दै आएको थियो । सदरमुकाम तम्घासमा नगर स्तरीय उपभोक्ता समितिले जिल्ला प्रशासन कार्यलय र जिल्ला समन्वय समितिको कार्यालय अगाडि निर्माण गरिएको थ्री डि पार्क फोहोर फाल्ने केन्द्र बनेको स्थानीयले गुनासो गर्दै आएका थिए । निर्माण गरिएको थ्री डि पार्क संचालन तथा उद्धघाटन हुन नपाउँदै निर्माण गरिएका भौतिक संरचना ध्वस्त भएका छन् ।
पछिल्लो समय पार्क बेवारिसे भएको भन्दै स्थानीयले आलोचना गर्दै आएका थिए । सम्बन्धित निकायको मौनता र बेवास्ताका कारण संचालनमा आउन नपाउँदै एकातिर पार्कले पहिचान गुमाउन थालेको थियो भने अर्कोतिर फोहोर फाल्ने ठाउँमा परिणत बन्न थालेको थियो । तर, यस पार्कको मङ्गबार गुल्मी जिल्लाको शैक्षिक धरोहर रेसुङ्गा माध्यमिक बिद्यालयका शिक्षक तथा बिद्यार्थीले पार्कको सरसफाई गरेका छन् ।
प्रशासन कार्यलय अगाडि निर्माण गरिएको थ्री डि पार्कको दुरुपयोग र फोहोर देखर आफ्ना बिद्यार्थीहरु संग सल्लाह गरी सफाई गरिएको रेसुङ्गा माध्यमिक विद्यालयका शिक्षक हरि थापाले बताए । थ्री डि पार्कको सफाई गर्दै यो जिल्लाकै सौन्र्दयता भएकाले फोहोर नगरी अबलोकन गर्न आग्रह समेत गरे ।
थ्री डि पार्क निर्माण पछि संचालनमा ल्याउने तयारी भएको तर विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस र लकडाउनका कारण संचालनमा ल्याउन कठिनाई भएको रेसुङ्गा नगरपालिका ८ का वडाअध्यक्ष भरत भलामीले बताए । वडाअध्यक्ष भलामीका अनुसार बाकीँ निर्माण र पार्कको ब्यबस्थापनमा यस बर्ष नगरपालिकाबाट बटेज विनियोजन भइसकेकोले तत्काल यसको संरक्षण गर्दै संचालनमा ल्याउने बताए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij