२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मुटु अस्पताल बुटवलमा भैरहवाका एक कोरोना संक्रमितको मृत्यु

शुक्रवार , भाद्र १९, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ निवासी ६४ वर्षिय महिलाको मृत्यु भएको अस्पतालले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

    भाद्र ४ गते उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना भई आई।सि।यु।मा भेन्टिलेटरको सहायतामा उपचार भईरहेकोमा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । 

    उनको भाद्र १५ गते स्वाब संकलन गरि परिक्षण गर्दा भाद्र १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको

    अवस्थामा शुक्रवार बिहान उनको मृत्यु भएको अस्पतालका अध्यक्ष आलमले जानकारी दिए ।