२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

सिद्धार्थनगर–४ मा सप्ताहव्यापी सरसफाई कार्यक्रम सुरु

शुक्रवार , भाद्र १९, २०७७

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • भैरहवा, १९ भदौ । 
    नेपाली कांग्रेस सिद्धार्थनगर वडा नम्बर ४ समिति तथा नेपाल तरुण दल सिद्धार्थनगरको संयुक्त आयोजनामा शुक्रबारदेखि सि.न.पा.–४ मा सप्ताहव्यापी सरसफाई कार्यक्रम सुरु भएको छ ।

    सि.न.पा.–४ स्थित हनुमान मन्दिरको प्रांगणबाट सरसफाई कार्यक्रम प्रारम्भ गरिएको तरुण दल सिद्धार्थनगरका सल्लाहकार कोसिस बहादुर खड्काले बताए ।  वडा नम्बर ४ लाई हराभरा र सरसफाईयुक्त वडा बनाउने अभियानमा कांग्रेस वडा समिति र तरुण दल सिद्धार्थनगरले अभियानको रुपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको खड्काले बताए ।

    कांग्रेस सिद्धार्थनगर वडा नम्बर ४ का सभापति नरेन्द्र प्रसाद रौनियारको अध्यक्षता तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तरुण दल सिद्धार्थनगरका सभापति दिपेन्द्र बुढाप्रिती, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार, सिरसिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ, रुपन्देही तरुण विभागका जिल्ला सदस्य विनोद पुन, दिनेश सहानी, तरुण दल सिद्धार्थनगरका सचिव कुशल उपाध्याय, कोषाध्यक्ष मिलन वि.क., नगर सदस्य कृष्ण चाई लगायतको उपस्थिति रहेको थियो ।

    कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का उपसभापति श्रीराम गुप्ताको स्वागत तथा सिद्धार्थनगर–४ का सचिव गुरुचरण प्रजापति (कोहार)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।sarsafai (5).jpgsarsafai.jpg