२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

निःशुल्क शववाहन सेवा सञ्चालन

बुधवार , श्रावण १३, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • वाग्मती, १३ साउन ।  वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।

    शवलाई आर्यघाटसम्म ल्याउनका लागि नगरवासीलाई थप सहज होस भन्ने उद्देश्यले शववाहनको सेवा सञ्चालनमा ल्याइएको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिए।

    उपमहानगरपालिकाले ठेक्कामार्फत रु २३ लाख ३५ हजार लागतमा शववाहन खरिद गरेको हो। उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रूपमा खोलामा डुबेर, झुण्डिएर वा विष सेवन गरेर मृत्यु भएमा परीक्षणका लागि अस्पतालसम्म ल्याउन पनि शववाहनले सेवा दिने प्रमुख महतले बताए।