२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

गुल्मीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु     

बुधवार , श्रावण १३, २०७८

साउन १३ गुल्मी ।

गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरको जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए ।

जीपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । अरुको पनि मृत्युु भएको हुन सक्ने अनुमान छ  । जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे बुझिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।