
बुधवार , श्रावण १३, २०७८
साउन १३, गुल्मी
गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरको जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए ।
दुर्घटना परि मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र थापा, चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने बर्ष ४४ का रेशम कार्की र रेसुङ्गा नगरपालिका वडा न २ बाख्रेछेडा बस्ने बर्ष ६२ कि सुनिता बिकको रेशम कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
जीपमा १० जना सवार थिए । जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे बुझिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij