२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

लायन्स बुद्धज्योतिले प्रहरीलाई बांड्यो स्वास्थ्य सामग्री

शुक्रवार , भाद्र १९, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • बुटवल, १९ भदौ । 
    लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले विभिन्न स्थानका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । क्लबले तिलोत्तमाको इलाका प्रहरी कार्यालय मंगलापुर, प्रहरी चौकी ड्राइभरटोल र ट्राफिक प्रहरी पोष्ट ट्राफिकचोकलाई एन् ९५ मास्क, फेस शिल्ड, सेनिटाइजर र सर्जिकल ग्लोभ्स वितरण गरेको हो । 

    तीन स्थानमा गरेर क्लबले ४ सय ५० थान मेडिकल मास्क, १० थान फेस शिल्ड,एन ९५ मास्क ३२ थान, सर्जिकल ग्लोभ्स ४० जोडा, ह्याण्ड सेनिटाइजर ५ लिटर तथा जेल सेनिटाइजर १ लिटर वितरण गरेको हो । 

    स्वास्थ्य सामग्री वितरण कार्यक्रममा क्लबका चार्टर्ड प्रेसिडेन्ट भक्त बहादुर खड्का, अध्यक्ष नारायण पाण्डे, तृतीय उपाध्यक्ष देव कुंवर, सचिव कृष्ण प्रसाद पन्थी, सह–कोषाध्यक्ष मेख कुंवर, पब्लिक रिलेसन अफिसर टि.आर. शर्मा लगायतको सहभागिता रहेको थियो । 

    नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा फिल्डमा खटिने सुरक्षाकर्मी र ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यान दिंदै क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको क्लबका अध्यक्ष पाण्डेले बताए । 
    इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुम केसीले स्वास्थ्य सामग्री वितरण गरेर क्लबले सराहनीय काम गरेको बताए ।