२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

बुटवलको साझा अस्पतालमा आइसीयू सुविधा थप

बिहिवार , श्रावण १४, २०७८

बुटवल  १४,  साउन ।
बुटवलको साझा अस्पतालले सेवा विस्तार गर्दै आइसीयू सुविधा थप गरेको छ । अस्पताल स्थापनाको २ वर्षमै सेवा विस्तार गर्दै ४ बेडको आइसीयू सुविधा र ५ बेडको एनआइसीयू सुविधासहितको सेवा विस्तार गरेको छ ।

यो विस्तारसंगै अस्पतालमा ९ वटा आइसीयूसहितको सुविधा विस्तार गरिएको  अस्पतालका अध्यक्ष गोविन्द खनालले जानकारी दिए । बिहीबार अस्पतालमा आइसीयू सेवाको उद्घाटन गर्दै अध्यक्ष खनालले भदौको पहिलो हप्ताभित्रै अस्पतालमा सुविधासम्पन्न १० बेडको निःशुल्क मृगौला डाइलासिस सुविधा समेत विस्तार गर्ने जानकारी दिए । ६ करोड बढी लगानी रहेको अस्पतालले सरकारले निर्धारण गरेका मापदण्ड अनुसार बुटवल क्षेत्रमै सय बेडको सुविधासम्पन्न अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि बढाएको छ । 

बुटवल–८ मा अवस्थित यस अस्पतालमा न्यूरो सर्जरी, ट्रमा सेवा, अर्थो, ल्याप्रोसकोपी सर्जरी, न्यूरो सर्जन, बाल सर्जन, जेनरल सर्जन, पेडियार्टिक, प्रसुती सेवा तथा टेस्ट ट्युव वेवी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. लक्ष्मण शर्माले बताए ।  ३ वर्षभित्र भौतिक संरचना तयार पारी सेवा सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढिएको अस्पतालले जनाएको छ । सय बेडको अस्पताल निर्माण भएपछि यस क्षेत्रबाट स्तरीय र जटिल खालका उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी  कम्तिमा ४० करोड लागतमा १ सय बेडको सुविधासम्पन्न अस्पताल वनाउने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ । सरकारले आगामी तीन वर्षभित्र अस्पताल संचालनको मापदण्ड भौतिक पूर्वाधार तयार नगर्ने अस्पताललाई संचालनमा प्रतिबन्ध लगाउने नीतिलाई परिपालना गदै सार्थक वनाउन १ सय बेडको अस्पताल बनाउने गरी तयारी गरेको अस्पताल प्रशासनले जनाएकोे छ ।