२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

बुटवल उवासंघको वस्तुगत समितिद्वारा बुटवलमा फूड वैंक सञ्चालन

शुक्रवार , भाद्र १९, २०७७

बुटवल । बुटवल उद्योग वाणिज्य संघ अन्र्तगत कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिले फूड बैंक सञ्चालन गरेको छ । बुटवल उप–महानगरपालिका वडा नं ६ मा एक कार्यक्रमको आयोजना गरी विपन्न वर्गका परिवारहरुलाई राहत वितरण गरेको हो । समितिले “हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” भन्ने नाराका साथ फुड बैक सञ्चालना ल्याएको हो ।

फुड बैंकबाट राहत लिन अधिकांश बुटवल उप–महानगरपालिका वडा नं ६ का विपन्न परिवारहरुको उपस्थिती रहेको कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिका अध्यक्ष अब्दुल सलामतले वताए । उनका अनुसार वडा वासीहरु मात्रै नभएर लकडाउनका कारण खाद्यान्नको समस्यामा परेका नगरभित्र वसोवास गर्दै आएकाहरुले राहत लिन सक्ने जानकारी दिए । 

फुड बैकको उद्घाटनमा बोल्दै बुटवल उप–महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिश आचार्यले महामारीले निम्त्याएको असहज परिस्थीमा निजि क्षेत्रबाट पनि समस्यामा परेका नागरिकहरुलाई सहयोग गरेकोमा धन्यवाद दिए । 

त्यस्तै बुटवल उद्योग वाण्ज्यि संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले विपन्नहरुको भोको पेटलाई थोरै भएपनि राहत प्रदान गरेर सहयोग गरेको प्रति सराहना गर्दै, आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको आयोनजा गरी मानविय सहयोग कार्यमा लाग्न आग्रह गरे । 

कार्यक्रममा समितिका उपाध्यक्षद्वय अलिम दिन, विष्णु उपाध्यय, सचिव प्रकाश पौडेल, उप–सचिव सन्तोष नेपाल र कोषाध्यक्ष नरसिंह कान्दु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा पहिलो दिन एक सय जनालाई राहत वितरण गरिएको थियो । राहतमा प्रति व्यक्ति ५ किलो चामल, २ किलो दाल, १ किलो नुन, २ पोका सोयाविन, १ किलो तेल प्रदान गरिएको थियो ।