२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

पत्रकार महासंघका अध्यक्ष पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति    

बिहिवार , श्रावण १४, २०७८

बुटवल, १४ साउन ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको नेतृत्वमा मानव अधिकार अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयमा बुटवलका कार्यालय प्रमुख सम्झना शर्माको अध्यक्षतामा बसेको कोभिड–१९ महामारीको सन्दर्भमा मानवअधिकार संरक्षण कार्यविधि, २०७८ बमोजिम रुपन्देही जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गर्ने उद्देश्यले बसेको उक्त बैठकले सो समिति गठन गरेको हो ।

बैठकमा नेपाल बार एसोशिएसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल चिकित्सक संघ, औषधी व्यवसायी संघ, इन्सेक, नेपाल मानवअधिकार संगठन, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान, महिला, बालबालिका, दलित, आदिवासी जनजाति महासंघ, यौनिक तथा लैंगिक अल्पसंख्यक लगायतका विभिन्न संघ–संगठनका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो । 

कार्यविधि अनुसार उक्त समितिको सदस्य सचिवमा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत दीपक ठाकुर रहेका छन भने सो समितिमा बार एशोसिएसनका अध्यक्ष लोकनाथ पन्त, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान रुपन्देहीका जितेन्द्र प्र.्र बन्जाडे, नेपाल औषधी व्यवसायी संघ, रुपन्देहीका सुरज भट्टराई, गैरसरकारी संस्था महासंघ रुपन्देही÷इन्सेकका प्रतिनिधि रीमा वि.सी, स्वतन्त्र विकास समाज नेपालका सावित्रा घिमिरे, साहसी कदम नेपाल÷यौनिक तथा लैंगिक अल्पसंख्यकका आनिक राना रहेका छन् ।

समितिमा अप्रवासी महिला सरोकार केन्द्र, रुपन्देहीका जानकी घिमिरे,  थर्ड एलाइन्स, रुपन्देहीका  अग्नीशक्ति यादव, आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका सोनु थापा, नेपाल मानव अधिकार संगठन रुपन्देहीका पवनकुमार पौडेल, परिवर्तन नेपालका रिता सेन ओली, मानवअधिकारका लागि एकल महिला महिला समूहका राधिका श्रेष्ठ, माहुरी होम, रुपन्देहीका रामविकास चौधरी, अपांग महासंघ, रुपन्देहीका हुमनाथ अधिकारी, माइती नेपालका माया क्षेत्री, मानवअधिकार शान्ति समाज रुपन्देहीका  डि.पी खनाल , नमूना एकीकृत विकास परिषद्का ज्ञानु पौड्याल, दलित महिला संघ रुपन्देहीका मनु खडका, एडभोकेसी फोरम, रुपन्देहीका इन्दिरा आचार्य गरी समिति २१ सदस्यीय रहेको छ ।