२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स भैरहवा डाइनामिक टिचर्सद्वारा खाद्यान्न वितरण

शुक्रवार , श्रावण १५, २०७८

भैरहवा, १५ साउन ।

लायन्स क्लब अफ भैरहवा डाइनामिक टिचर्सले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले सिद्धार्थनगर नगरपालिका–२ का ३१ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।
खाद्यान्न वितरण कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक इक्जुकेटिभ चिफ महेशचन्द थापाले अन्तर्राष्ट्रिय लायन्सको एक विधा अनुसार कार्य गरेकोमा लायन्स क्लव अफ डाइनामिक टिचर्सको प्रंशसा गरे । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कुमार थापाले लायन्स क्लबलाइ धन्यवाद दिदै वडाका बिपन्न परिवारलाइ प्रदान गरिएको उक्त सहयोग महत्वपूर्ण कार्य भएको बताए ।

लायन्स ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी को–चिफ रुपमा हिराचन, डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डे, रिजन चेयरपर्सन अनिता थापा, लायन्स क्लब अफ टुलिपका अध्यक्ष माया सारु मगर, लायन्स क्लव अफ लोटसका उपाध्यक्ष लायन पार्वती अधिकारी, वडा सदस्यद्वय राजेन्द्र सिंह र इन्दिरा क्षेत्रीको उपस्थिति रहेको थियो ।

संगीता भट्टराईको स्वागत तथा सचिव शोभा काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबका सदस्यहरुवाट संकलन गरी करिब ५० हजार बराबरको सहयोग गरिएको क्लबका अध्यक्ष बिना भण्डारी पाठकले बताइन् ।