२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

इन्टेलेक्च्युअल स्कुल बुटवलमा भर्चुअल कविता प्रतियोगिता

शुक्रवार , श्रावण १५, २०७८

बुटवल, १५ साउन ।

इन्टलेक्चुअल एकेडेमी बुटवल–११ कालिकानगरले, ‘भर्चुअल कविता वाचन प्रतियोगिता’ सम्पन्न भएको छ । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई  प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरी तीन भागमा विभाजन गरिएको थियो । साथै कार्यक्रम  छनोट चरण (बिहीबार) र फाइनल चरण (शुक्रबार) गरी दुई चरणमा सम्पन्न गरियो ।

बिहीबार भएको छनोट चरणमा १ सय ५० विद्यार्थीहरुले भाग लिएका थिए जसमध्ये माध्यमिक तहमा ३० जना, निम्नमाध्यमिक तहमा २० र प्राथमिक तहमा २० जना विद्यार्थी फाइनल चरण प्रवेश गरेका थिए । फाइनल चरणमा प्रवेश गरेका विद्यार्थीहरुले भर्चुअल माध्यमबाट शुक्रबार भएको फाइनल चरणमा आफ्नो कविता वाचन  गरेका थिए । जसमा माध्यमिक तहबाट क्रमश ः प्रथम शुशिला पाण्डे कक्षा ९  द्वितीय, सौरभ खनाल कक्षा १० तृतीय, रिना रिजाल कक्षा १० र सान्त्वना वर्षा पोख्रेल, कक्षा ९ र निश्चल पाण्डे कक्षा ८ रहेका छन् । त्यस्तै निम्न माध्यमिक तहबाट क्रमश प्रथम विनय पोख्रेल (६), द्वितीय सुजल पौडेल (७) र आशिका पोख्रेल (५), तृतीय मन्दिपा पन्थी (५) र इप्सा गौतम (६) भएका थिए र प्राथमिक तहमा प्रथम कृतिका पौडेल (४), द्वितीय शैली देवकोटा (३) र तृतीय दीक्षा भट्टराई (२) भएका थिए ।

त्यस्तै विद्यालयले पुर्ब प्राथमिक तहका विद्यार्थीहरुको रयाम्स प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भण्डारीले भर्चुअल माध्यमबाट भए पनि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने बताए । कार्यक्रममा माध्यमिक तहमा तुल्सिराम खाम्चा, निम्नमाध्यमिक तहमा  विकास पान्डे र प्राथमिक तहमा जीना खड्किले कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै निर्णायकको भुमिका शोभा देवकोटा, राजु कुवर, मन्जु गौतम र सुष्मा देवकोटाले गरेका थिए । कार्यक्रममा विजयी विद्यार्थीहरुलाइ विद्यालयले पुरस्कृत गर्ने जनाएको छ ।