२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

पत्रकार महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने

शनिवार , श्रावण १६, २०७८

बुटवल, १६ साउन ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ रुपन्देहीका साधारण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरी दुर्घटना बिमा गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।

अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासंघको कामलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा भौतिक पूर्वाधार उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा मोती न्यौपाने, पुनहरी बेल्बासे र नविन घिमिरे सदस्य छन । त्यसै गरी अर्का उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा प्रकाशन उपसमिति गठन भएको छ । सदस्यहरुमा प्रकाश पाण्डे, प्रदीप आचार्य र सलमान खान सदस्य छन ।

त्यसै गरी सचिव विनोद परियारको संयोजकत्वमा तालिम तथा अन्तरक्रिया उपसमिति गठन भएको छ । सदस्यहरुमा राधेश्याम विश्वकर्मा, राज चौधरी र कमला पाण्डे छन । त्यसै गरी कोषाध्यक्ष सञ्जय सौगातको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यहरुमा शंकर पाण्डे, प्रकाश आचार्य र टंक सुनार रहेका छन ।

त्यस्तै सह–सचिव विरेन्द्र कुँवरको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति बनाइएको छ । जसको सदस्यहरुमा कपिल अधिकारी, सलमान खान र नविन घिमिरे छन । त्यसै गरी अर्का सह–सचिव माया केसीको संयोजकत्वमा लैंगिक तथा समावेशी उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा कमला पाण्डे, राधेश्याम विश्वकर्मा र मोती न्यौपाने सदस्य छन ।

बैठकले पूर्व अध्यक्ष तथा अग्रजहरुसँग रायसुझाव संकलन गर्ने गरी कार्यक्रम गर्ने निर्णय गरको छ । त्यसै गरी कोरोना महामारीका बेलामा स्वास्थ्य सामग्री तथा कोरोना आपतकालिन कोषमा सहयोग गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई महासंघको संस्थागत र पत्रकार क्षमता अभिवृद्धिका लागि बजेट छुट्टाइएकोमा धन्यवाद दिने निर्णय गरेको सचिव विनोद परियारले जानकारी दिए ।
रुपन्देहीका सञ्चारगृह र कार्यरत सञ्चारकर्मीहरुको तथ्यांक संकलन गर्ने एवं संस्थाको बेवसाईट निर्माण गर्ने समेत निर्णय गरेको छ ।