
शनिवार , श्रावण १६, २०७८
बुटवल, १६ साउन ।
लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा पाँचौ क्लब लायन्स क्लब अफ बुटवल देउराली पीस गठन भएको छ । क्लबको अध्यक्षमा भाष्कर पाण्डे, प्रथम उपाध्यक्षमा साकार न्यौपाने, द्वितीय उपाध्यक्षमा दामोदर श्रेष्ठ, तृतीय उपाध्यक्षमा सञ्जय राना, सचिवमा मधु चापागार्ई, कोषाध्यक्षमा समीर गौतम, सह=सचिवमा अर्जुन पाण्डे र सह=कोषाध्यक्षमा अमित पौडेल चयन भएका छन् । त्यस्तै मेम्बरसीप डाइरेक्टरमा शिशिर अर्याल, टेमरमा यमप्रसाद भट्टराई, पीआरओमा खिमानन्द पौडेल, डाइरेक्टरहरुमा सन्तोष पौडेल, सन्तोष श्रेष्ठ, रामु न्यौपाने, दीपक योगी र भरत खड्का चयन भएका छन् ।
त्यसै गरी सदस्यहरुमा विमल शर्मा, राजेन्द्र अर्याल, खुमबहादुर चन्द, गौरब बस्याल र सुनिल पाण्डे चयन भएका छन् । क्लब गठन कार्यक्रम लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलको उपस्थितिमा भएको हो । योसंगै लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा एक महिनाभित्रै पांचवटा लायन्स क्लब गठन भएका छन् ।
क्लबको वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानप्रसाद पौडेलका अनुसार एक महिनाको अवधिमा लायन्स क्लब बुटवल देउराली पीससहित महिलाहरुको दुईवटा क्लब पारिजात र साकुरा, तथा लायन्स क्लब अफ बुटवल दिव्य दृष्टि र लायन्स क्लब अफ बुटवल रेसुंगा गठन भएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij