images

शनिवार, बैशाख १५ गते २०८१

बढ्दो सवारी दुर्घटनाप्रति नेविसंघ गुल्मीको ध्यानाकर्षण पत्र

बढ्दो सवारी दुर्घटनाप्रति नेविसंघ गुल्मीको ध्यानाकर्षण पत्र

images
images
images
शनिवार, श्रावण १६ २०७८
शनिवार, श्रावण १६ २०७८
  • बढ्दो सवारी दुर्घटनाप्रति नेविसंघ गुल्मीको ध्यानाकर्षण पत्र

    गुल्मी, १६ साउन ।
    नेपाली विद्यार्थी संघ गुल्मीले प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार नेपाली विद्यार्थी संघ गुल्मीले सवारी दुर्घटना न्यूनिकरण तथा कोभिड खोपमा मनपरी भएको भन्दै जिल्ला प्रशासन कार्यलय प्रमुख जिल्ला अधिकारी शर्माको कार्यकक्षमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो । 

    images

    पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाई सकेको र यसको रोकथाम तथा न्यूनीकरणमा नियामन निकायले चासो नदेखाएपछि नेविसंघ गुल्मी प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको नेपाली विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति राम्जी पन्थीले बताए । विश्वव्यापी रुपमै फैलिएको कारोना भाइरस अर्थात् कोभिड–१९ बाट बच्नको लागी आएको खोपमा मनपरी भएको र सरकारले तोकेको मापदण्डविपरीत राजनीतिक सत्ताको आडमा खोप वितरण, क्रसर संचालन लगायत जिल्लाका भएका समसामायिक विषय र त्यसमा सम्बन्धित निकायको आँखा खुलाउन ध्यानाकर्षण पत्र बुझाएको नेविसंघ गुल्मीका कार्यवाहक सभापति पन्थीले बताए । सवारी दुर्घटना कम गर्न पुराना सवारी व्यवस्थापन र चालकलाई अभिमुखीकरण तालिम समेत उपलब्ध गराउन नेविसंघले अनुरोध गरेको छ  ।

    जिल्लामा १० पुराना सवारी चल्दै आएका छन् । पुरानो सवारी र चालकको लापरवाहीका कारण २०७८ साल वैशाख १ गते प्यूठानको स्वर्गद्धारी जाने क्रममा जिल्ला प्रशासन कार्यालयका ४ जना कर्मचारीले ज्यान गुमाएका थिए ।  २०७८ साल असार ३१ गते गुल्मीको सदरमुकाम तम्घास नजिकै जिप र मोटरसाइकल आपसमा २८ वर्षीय सुजन पाण्डेले ज्यान गुमाउनु परेको थियो भने त्यस्तै साउन १३ गते गुल्मीको चन्द्रकोट गाउँपालिका बाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । पछिल्लो १ बर्षमा ३७ जनाले ज्यान गुमाएकाले यस्ता विषयमा गम्भीर हुन नेविसंघ गुल्मीले प्रशासनलाई आग्रह गरेको छ । यी विषयमा ध्यानाकर्षण गराएको र तत्कालै जनताले महसुस गर्ने गरी नेविसंघले माग गरेका पक्षमा सुधार नआएमा आवश्यक कदम चाल्न बाध्य हुने नेपाली विद्यार्थी संघले बुझाएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

    ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले दुर्घटना र कोभिड रोकथाम तथा न्यूनिकरणमा आफूहरु लागिपरेको र पत्रले अझ प्रशासनलाई जिम्मेवारी बनाएको बताइन् । हालसम्म भएका गल्तीहरुलाई केलाउँदै समस्या समधानमा प्रशासन लागिपर्ने प्रमुख प्रजिअ शर्माको भनाई छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij