२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

बेलायतका नेपालीबाट भैरहवामा सहयोग

आइतवार , श्रावण १७, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १७ साउन । 

    बेलायतमा बसोबास गर्दै आएका यहाँका जिल्लाबासीले बिपन्न स्थानीयवासीलाई उपचार खर्च र खाद्य सामग्र उपलब्ध गराउँदै आएका छन् । मिर्गौलाको समस्या भएर उपचार गराइरहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाका २२ वर्षीय दुर्गा राना (अर्जुन), पाठेघरको अर्बुद्ध रोग (क्यान्सर) भई उपचाररत सिद्धार्थनगर–८ की मञ्जु राना र मिर्गौलासम्बन्धी समस्याबाट पीडित कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डेलाई पनि जनही रु २५ हजार प्रदान गरिएको छ ।

    स्थानीय युवा समाजसेवी ओमकुमार श्रेष्ठले भने, “बेलायतस्थित शर्मिला हिराचनको नेतृत्वमा स्थापना गरिएको ‘सिद्धार्थनगर भैरहवा परिवार समूह’ ले अतिविपन्न परिवारलाई सहयोगका लागि रकम सङ्कलन गरी सहयोग उपब्ध गराउँदै आएको हो ।” बेलायमा रहेका ४१ नेपालीबाट प्राप्त रु चार लाखमध्ये तीन बिरामीलाई रु ७५ हजार प्रदान गर्नाका साथै अतिविपन्न परिवारलाई खाद्यान्न सामग्रीसमेत वितरण गरिएको थियो ।

    पैँतालिस घरपरिवारलाई प्रति परिवार १५ केजी चामल, पाँच केजी चिउरा, पाँच केजी पिठो, प्याज, चिनी, तेल गरी रु दुई हजार १५० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए । यसैगरी कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको समयमा यहाँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज नामक शिक्षण अस्पतालमा उपचाररत बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क दुई छाक खाना खुवाइएकोे थियो ।