२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लियो क्लब अफ सिद्धार्थनगरमा पद हस्तान्तरण

आइतवार , श्रावण १७, २०७८

भैरहवा, १७ साउन ।
लियो क्लब अफ सिद्धार्थनगरले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । क्लबका वर्ष २०२०/२१ का अध्यक्ष समिर पौडलको अध्यक्षता, लियो जिल्ला परिषद ३२५ बी २ नेपालका जिल्ला अध्यक्ष अनिश लामिछानेको प्रमुख आथित्यता, लियो जिल्ला परिषद ३२५ बी २ नेपालका जिल्ला उपाध्यक्ष लिलामणी न्यौपाने र डिष्ट्रिक्ट डेपुटी चिफ अर्चित श्रेष्ठको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष अरुण पन्थीले क्लबका बर्ष २०२१/२२ का पदाधिकारीलाई पदभार ग्रहण गराएका थिए । लियो क्लब अफ सिद्धार्थनगरका वर्ष २०२१÷२२ का अध्यक्ष गौरव नेपाललाई क्लबका पूर्व अध्यक्षहरुले अध्यक्षको लकेट र पिन लगाई दिएर अध्यक्षको पदभार ग्रहण गराएका थिए । 

कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा लियो संजय सिंह के.सी, राजेश खरेल, अर्चित श्रेष्ठ, अनिश लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बी २ नेपालका जिल्ला पदाधिकारीहरु गोविन्द बन्जाडे, आतिश कुमार लामिछाने, क्लबका सल्लाहकार राजेश खरेल, क्लबका पूर्व अध्यक्षहरु अरुण पन्थी, गौतम गुप्ता, लायन्स क्लब अफ भैरहवा युथका निवर्तमान अध्यक्ष विवेक जैसवाल, एरिया ४ चिफ लियो सुमन अधिकारी लगायत अथितिहरुको उपस्थिति रहेको थियो । ज्योति गुरुङको संयोजकत्व तथा लियो क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का सचिव आयुष अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।